arrow

भियतनाम र कम्बोडिया भ्रमण अत्यन्त सफल ? 

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
Pro_Ktm_PM_(5).jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण निकै उपलब्धीमूलक भएको बताएका छन् ।

भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा उनले भ्रमण अत्यन्त सपल भएको दावी गरेका हुन् । 

प्रधानमन्त्री ओलीबाट जारी विज्ञप्तिमा पनि ती मुलुकबीचको द्विपक्षीय सम्बन्ध थप विस्तार भएको र नेपालको छवि अन्तरर्राष्ट्रिय जगतमा थप उज्यालो भएको दावी गरिएको छ । 

पत्रकार सम्मेलनमा पनि उनले भने, ‘प्रदीपकुमार ज्ञवालीले भ्रमण सफल भयो भनेर बोलेको उहाँले हो तर भनाइ मेरो हो । भ्रमण अत्यन्त सफल भयो ।’

उनी समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकी स्वदेश फर्केका हुन् । 

भियतनामसँग हवाई सम्झौता, आर्थिक, व्यापार र लगानी, पर्यटनका क्षेत्रमा सहकार्यका लागि गहन छलफल र सम्झौता भएको जानकारी उनले दिए । उनले आफूले भ्रमणका क्रममा गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजनाका लागि प्रस्ताव गरिएको पनि बताए । 

ती मुलुक द्वन्द्वपछि विकासमा अग्रसर रहेको स्थितिमा नेपाललाई त्यहाँबाट सिक्ने मौका पाएको र नेपालले आफ्नो सफल शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय जगत्मा अवगत गराउन पाइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ