arrow

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा सन्दीपसहित सोमपाल, दिपेन्द्र र रोहितको नाम  

भारतबाट एक जनामात्रै

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
nepal-cricket.jpg

काठमाडौं । वेष्ट इण्डिजमा हुने क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सीपीएल टी–२० क्रिकेटको ड्राफ्टमा  नेपालबाट चार खेलाडी परेका छन् ।

५३६ विदेशी खेलाडीले उक्त सीपीएल लिगका लागि ड्राफ्टमा राखेकामा नेपालबाट चार जना युवा खेलाडीले आफ्नो ठाउँ बनाउन सफल भएका हुन् । 

सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा पहिले नै सहभागीता जनाइसकेका सन्दीप लामिछानेसहित ४ खेलाडी परेका हुन् । ड्राफ्टमा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल अटाएका हुन् ।

सन्दीपले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । गत सिजन सीपीएलमा सन्दीपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

भारतबाट एक जनामात्रै परेका छन् । इर्फान पठानको नाम ड्राफ्टमा रहेको हो । 

सीपीएलको ड्राफ्ट आगामी मे २२ तारिखमा लण्डनमा सार्वजनिक गरिने छ । ६ टोली सहभागी हुने लिग जुलाइ ११ देखि सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ