arrow

जम्मू–कश्मीरको पुलवामामा भिडन्त जारी 

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
pulawama.jpg

नयाँ दिल्ली । भारतको जम्मू–कश्मीरको पुलवामामा फेरि भिडन्त भएको छ । गत फेब्रुअरी १४ मा आतंकवादीको आक्रमणमा ४९ भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि पुलवामाले विश्वकै ध्यान तानेको छ । 

बिहीबार बिहान भइरहेको भिडन्तमा तीन आतंककारी मारिएका छन् भने एक सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

भिडन्तमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएको जनाइएको छ । उनीहरुको नजिकको अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

समाचार एजेन्सी एएनआईका अनुसार पुलवामाको डालीपुरा इलाकामा सेनाले एक घरमा लुकेर बसेका आतंकवादीमाथि आक्रमण गरेको थियो । 

भिडन्त जारी रहेको बताइएको छ । सेनाले उक्त क्षेत्रलाई वरिपरिबाट घेरा हालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ