arrow

आयो काँक्रो ! यस्ता छन् दर्जनबढी फाइदा

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
cucumber-kakro.jpg

काठमाडौं । सलादमा सबैभन्दा स्वादिलो मानिन्छ काँक्रो । काँक्रोमा धेरै मात्रा पानी हुने भएकाले पनि यसको प्रयोग निकै फलदायी मानिन्छ । यसको फाइदा नै धेरै छ । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ । 

के के छन् यसका फाइदा ? 
–शरीरमा पानीको कमी हुन दिदैन कांक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । 
–मुटु स्वस्थ राख्न सहयोगी कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । 
–यसको प्रयोगले उच्च रक्तचाप हुनबाट जोगाउँछ । 
–काँक्रोले मस्तिष्क स्वस्थ राख्छ । स्ट्रोबेरी र अंगूरमा जस्तैं कांक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ ।
–बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।  
–छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा कांक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ । 
–क्यान्सरको जोखिम कम गर्छ । शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । 
–दुखाई कम गर्छ ‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार कांक्रोलाई परम्परागत रुपमा टाउको दुखाई कम गर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो ।
–श्वास गन्हाउनबाट मुक्त  राख्न मद्धत गर्छ । 
–हड्डी बलियो बनाउँछ ।
–कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ ।
–कब्जियत हुन दिदैन  । 
–तौललाई बढ्न दिँदैन । 

प्रस्तुत तस्वीर राष्ट्रिय समाचार समितिबाट लिइएको हो । पोखरा–१४ चाउथेस्थित कृषक केवल गौतमले हाईटेक (हरितगृह) भित्र फलाएको भक्तपुरे जातको काँक्रो हो यो । फर्मबाट दैनिक ४० हजार मूल्य बरावरको चार सय केजी भन्दा बढी काक्रो उत्पादन हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ