arrow

पर्यटनमन्त्री पोखरेलको पहिलो निर्णय; अम्बर गुरुङलाई मासिक रु ३० हजार दिइने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
521552554.jpeg
काठमाडौँ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइने बताउनुभएको छ । 
 
मन्त्री पोखरेलले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै नेपाल पर्यटनका लागि विश्वकै आकर्षण रहेकाले पर्यटकीय सम्भावनाको भरपुर उपभोग गरी मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । 
 
उहाँले भूकम्प र इन्धनको सङ्कटपछि पर्यटन क्षेत्रमा परेको असर र सम्भावित अवस्थालाई अध्ययन गरी पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन आवश्यक कार्ययोजनासहितको विवरण पेस गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभयो । 
 
मन्त्री पोखरेलले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउनका लागि विमानस्थलको वर्गीकरण गरी तत्कालै सुधारका कार्यक्रम ल्याइने जानकारी दिँदै राष्ट्रिय प्रतिष्ठासँग जोडिएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न र पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्डलाई क्रियाशील तुल्याई निजी क्षेत्रको साझेदारी र सहकार्य प्रवद्र्धन गर्न सम्बन्धिन निकायलाई निर्देशन दिनुभयो । 
 
भाषा, जाति र संस्कृतिलाई सम्बोधन गर्नेगरी राष्ट्रिय सङ्ग्रहालयको थालनी गर्ने विषयमा आवश्यक गृहकार्य गरिने जानकारी उहाँले दिनुभयो । 
 
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नेपाललाई विश्वमा जोड्ने हवाई क्षेत्रको विकास र विस्तारलाई प्रभावकारी रुपमा अघि बढाउनाका साथै पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागिपर्ने बताउनुभयो । 
 
गुरुङलाई मासिक रु ३० हजार जीवनवृत्ति 
मन्त्री पोखरेलले पदबहालीसँगै मन्त्रालयसम्बन्धी दुई नीतिगत निर्णय गर्नुभएको छ । नयाँ संविधानले निर्दिष्ट गरेअनुसार कानुनी सुधार, ऐन, नियम परिमार्जन, सुधार गर्नका लागि सरोकार भएकाहरुसँग राय, सुझाव माग्ने तथा वरिष्ठ सङ्गीतकार (राष्ट्रगानका सङ्गीतकार समेत) अम्बर गुरुङलाई मासिक रु ३० हजार जीवनवृत्ति दिनका लागि मन्त्रिपरिषद्मा पठाइने निर्णय भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ