arrow

मदनको शालिकमा माल्यार्पण

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
ND_KTM_01182014_DSC_6436.JPG

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मदन–आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा रहेको मदन भण्डारीको शालिकमा शुक्रबार माल्यार्पण गर्दै।

माल्यार्पण कार्यक्रममा गृहमन्त्री थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस तथा मदन¬आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनमा उनिहरुको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गरे ।

गृहमन्त्री रामबहादुर थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले उनिहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र उनिहरुको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ