arrow

२ करोड डलरमा लीलामी हुँदैछ विश्वको सबैभन्दा पुरानो कार

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
porsche.jpg

काठमाडौं । विश्वको सबैभन्दा पुरानो पोर्शको कार लीलामी हुन गइरहेको छ । ८० वर्ष पुरानो पोर्श टाइप ६४ स्पोर्ट्स कार १५ अगष्टदेखि १७ अगष्टमा लीलामी हुनेछ ।

यसको शुरुवाती मूल्य २ करोड डलर राखिएको छ । लगाएको बोली अनुसार यसको मूल्य बढ्नसक्छ । बजारमा यसको मूल्य ऐतिहासिक हुनसक्ने बताइएको छ ।

आरएमसोथबीको ट्वीटका अनुसार यो आफ्नै किसिमको एकमात्र रेसिङ कार हो ।  पोर्श नामको सबैभन्दा पुरानो कार हो । टाइप–६४ बर्लिनदेखि रोमसम्मको रेसिङको लागि तयार गरिएको थियो ।

यो कार सन् १९३९ देखि १९४० को बीचमा निर्माण गरिएको थियो । फर्डिनेन्ड र भक्सवागनले सन् १९३९ मा बर्लिनदेखि रोमसम्म १५ सय किलोमिटरको दौडमा सामेल हुन यस किसिमका तीन कार निर्माणको बारेमा सोचेका थिए । तर, युद्धको कारण रद्द भएको थियो ।

युद्धपछि पोर्शेले त्यसलाई अष्ट्रिया लगेका थिए र उनले आफ्नो कार कम्नपी शुरु गरेका थिए । साथै, टाइप ६४ लाई एक अष्ट्रियाली रेसिङ ड्राइभरलाई बेचेका थिए ।

जसले सन् १९९५ मा आफ्नो मृत्यु हुँदासम्म त्यसलाई चलाएका थिए । सन् १९९७ मा पुनः कार तेस्रो मालिककहाँ पुगेको थियो । अहिले यसलाई लीलामीका लागि राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ