arrow

किन एप नाोर्टिफिकेशन बन्द राख्छन् टिम कुक ?

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ४ शनिबार
tim_cook_apple_LoEAxlj.jpg.jpeg

काठमाडौं । मोबाइल फोनको लत समग्र विश्वमा एक समस्या बन्न पुगेको छ । यस विषयमा धेरैले चासो तथा चिन्ता पनि जनाउँदै आएका छन् । विश्लेषकहरुले मोबाइलको लत हुनु राम्रो कुरा नरहेको बताउँदै यसबाट टाढा रहनका लागि सुझाव दिएका छन् । 

अमेरिकी प्रविधि कम्पनी एप्पलका सीईओले पनि मोबाइल लतबाट टाढै रहनुपर्ने बताएका छन् । उनले निश्चित उमेर समुहका मानिसले १ दिनमा हजारौं पटक आफ्नो फोन चेक गर्ने गरेको बताएका छन् । 

एप्पलको २०१८ को आई स्क्रिन टाइमसँग जोडिएको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले मोबाइल एपले मानिसहरुको इन्टरेक्शनका लागि मानिसलाई बारम्बार बोलाउने प्रयास गर्ने र यसबाट अधिक संख्यामा एड पाउने उद्देश्य हुने गरेको  बताए । 

कुकले आफूले मोबाइल एपको नोर्टिफिकेशन बन्द गरेको बताएका छन् । उनले एप्पलको स्क्रिन टाइमको प्रतिवेदन पढेर पाठ सिकेको र आफ्नो फोनको नोर्टिफिकेशन बन्द गरेको बताएका छन् । उनले आफूलाई यस किसिमको नोर्टिफिकेशनको कुनै आवश्यकता नरहेको बताएका छन् । 

उनले यस किसिमका एपले मानिसको जीवन राम्रो पनि नबनाउने र मानिसलाई पनि सुधार्न नसक्ने भएकोले यस्ता एपबाट टाढै रहने फैसला गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ