arrow

जुम्लाका कलाकार सागर नेपालीलाई प्रदिप पौडेलले भित्र्याय कांग्रेसमा

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
Pradip-poudel-sagar.jpg

काठमाडौं। जुम्लाका लोकप्रिय गायक सागर नेपालीलाई आइतवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली कांग्रेसमा प्रवेश गराएका छ्न् ।

नेपालीलाई पौडेलले अबिर लगाएर नेपाली कांग्रेस प्रबेश गराएका हुन् ।

माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका लोकप्रिय गित गायका गायक नेपाली कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै गायक क्षेत्रमा लागेका मध्य लोकप्रिय र स्थापित छन् ।

नेपाली जुम्ला कांग्रेसका नेता दान बहादुर बुडा, धन बहादुर बुडा लगायतका नेताको समन्वयमा नेपाली कांग्रेस प्रबेश गरेका हुन्।

पार्टी प्रवेश पछि आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको नेपालीले प्रतिक्रिया दिए।

कांग्रेस नेता पौडेलले नेपालीलाई पाटी प्रबेश गराउदै साधक र श्रस्टाहरुले लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन साथ दिन अनुरोध गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ