arrow

लगानीको क्षेत्र बढाउन बैंकलाई मुख्यमन्त्री राउतको सुझाव

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ जेठ ५ आइतबार
rauth.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने तर्क राखनु भएको छ। आइतबार एनआइसी एसिया बैंकको जनकपुरधाम स्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिएका छन्।

अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनु पर्ने बताए।

मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे। एनआइसी एसिया बैंक पिडारी चोक शाखाका प्रवन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको सो समारोहमा नीति आयोगका सदस्य डा.सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी सहितको सहभागिता रहेका थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ