arrow

अन्तरिक्षबाट इन्टरनेट प्रदान गर्दै स्पेसएक्स

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
satellite-internet-spacex.jpg

काठमाडौं। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले विश्वभर निकै सस्तो मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने योजना अघि सारेको छ। यो योजनालाई साकार पार्नका लागि कम्पनीले आफ्नो पहिलो योजनामा अघि बढेको छ। एलन मस्कको रकेट कम्पनीले पृथ्वीको तल्लो कक्षमा ६० स्याटेलाइट राख्ने तयारी गरेको छ। यसै सातादेखि कम्पनीले यो काम शुरु गर्नसक्ने बताइएको छ। यस किसिमका स्याटेलाइटलाई स्टारलिंक नाम दिइएको छ।

बुधवार बेलुका स्पेस एक्सले आफ्नो पहिलो रकेट उक्त कक्षमा राख्ने तयारी गरेको छ। तर, अन्तरिक्षमा देखिएको हावाको कारण यो काम एक दिनका लागि सर्नसक्ने बताइएको छ। स्पेसएक्सले एक ट्वीटमार्फत् स्याटेलाइटको सफ्टवेयर अपडेट गर्ने र सबै कुरालाई तीनपटक परीक्षण गरिने बताएको छ।

स्पेसएक्सको आगामी मिसन सबैका लागि निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ। यो मिसनअन्तर्गत हजारौं स्याटेलाइन पृथ्वीको कक्षमा राखिनेछ। यसबाट निकै सस्तो मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने योजना छ। अझै पनि विश्वका धेरै मानिस इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको अवस्थामा यो योजना निकै महत्वपूर्ण हुनसक्छ। 

यो योजना सफल भए यो इन्टरनेटको लागि सबैभन्दा ठूलो परीक्षण हुनेछ। अहिलेसम्म यस किसिमको योजना कसैले पनि अघि सारेका छैनन्। यसको माध्यमबाट स्पेसएक्सले अमेजन, सफ्टबैंकको वानवेबजस्ता कम्पनीलाई पनि पछि पार्नेछ। यी कम्पनीहरु इन्टरनेटमा सबै किसिमले अगाडि आउने प्रयासमा छन्।

अझै पनि यो योजना शुरुवाती दिनमा चलिरहेको छ। तर, अबको केही समयमा नै यो योजनाले पूर्णता पाउनसक्ने बताइएको छ। योजनामा अहिले कक्षमा हुँदा एकअर्कासँगको सञ्चारको फिचर्स यसमा थप गर्न बाँकी छ।

कम्पनीका सीईओ एलन मस्कले यहाँ धेरै नयाँ प्रविधिको प्रयोग गरिएको बताएका छन्। उनले यसमध्ये केही स्याटेलाइटले काम नगर्न पनि सक्ने बताएका छन्। स्पेसएक्ससँग स्टालिंकले नियमित इन्टरनेट सेवा प्रदान गर्नुअघि अझै ६ ओटा मिसन बाँकी छ। यसले विश्वका सबैजसो मानिसलाई इन्टरनेट सेवा प्रदान गर्न सकिने मस्कको विश्वास छ। यसका लागि अर्बौं डलरको लगानी आवश्यक छ। यो खर्च उठाउन अहिले स्पेसएक्स संघर्ष गरिरहेको छ।

अहिले संसारभर विना कुनै तार टावर वा केबुलको सहयोगमा राउटरको सहयोगमा इन्टरनेटको प्रयोग अत्यधिक हुने गरेको छ। यो विकल्प स्याटेलाइटमा आधारित इन्टरनेटका लागि हो। तर, यस किसिमको योजनामा केही समस्या पनि देखिएका छन्। अहिले स्पेसएक्सले अन्य अत्यधिक रकमको लगानीमा खोलिएका कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ। जसमा वानवेब र अमेजन सबैभन्दा ठूला प्रतिस्पर्धी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ