arrow

हुवावेई प्रयाेगकर्ताले पाउँदैनन् एन्ड्रोइडको अपडेट

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ६ सोमबार
huawei-operating-system.png

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी अल्फाबेटको गुगलले हुवावेईसँगको व्यापार बन्द गर्ने निर्णय गरेको छ । हुवावेईले लिने हार्डवेयर, सफ्टवेयर र प्राविधिक सेवा बन्द गर्ने गुगलले निर्णय गरेको हो । यसमा खुलारुपमा सबैका लागि प्रदान गरिने सार्वजनिक सेवा भने जारी रहने बताइएको छ । 

चिनियाँ कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेको अवस्थामा गुगलको यस्तो निर्णय आएको हो । गुगलले अमेरिकाले दिएको निर्देशनको पालना गर्दै हुवावेईको व्यापारबारे पुनर्विचार गरिरहेको बताएको छ । गत बिहीबार अमेरिकाले हुवावेईसँगको व्यापार बन्द गर्न सबै कम्पनीलाई निर्देशन दिएको थियो । 

गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई हुवावेईको डिभाइसमा दिँदै आएको सेवा भने जारी राखिने बताएको छ । अहिले गुगलले लगाएको प्रतिबन्धसँगै प्रयोगकर्ताले एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेट पाउने छैनन् । साथै, उनीहरुले गुगल प्ले स्टोर, जीमेल र युट्युब एपलगायतको पहुँच पनि गुमाउेछन् । 

स्रोतका अनुसार हुवावेईले एन्ड्रोइडका सार्वजनिक भर्सन मात्र प्रयोग गर्न पाउने छ । उसले गुगलबाट अन्य केही विशेष एप र सेवा भने नपाउने स्रोतले बताएको छ । 

हुवावेईले गुगलको एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी)बाट एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गर्न पाउनेछ । यो सेवाको प्रयोग जो कोहीले पनि गर्न पाउनेछन् । गुगलका विश्वभर अहिले २ अर्ब ५० करोड सक्रिय एन्ड्रोइड डिभाइस छन् । तर, गुगलले हुवावेईलाई प्राविधिक सहयोग, सहकार्य र आफ्ना एप र सेवाको नयाँ अपडेट भने दिनेछैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ