arrow

चोट लागेको अवस्थामा भेटियो पुरुषको शव

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ ६ सोमबार
hatya3.jpg

बुटवल । सालझण्डीको वनमा एक पुरुषको शव भेटिएको छ । चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका अन्र्तगत सालझण्डीको सामुदायिक वनमा एक पुरुषको शव फेला परेको हो ।  पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नं १० फायरल्याण्ड नजिकैको वनमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन् ।

जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरिक्षक डिल वहादुर मल्लले बताए ।

शवको प्रकृती हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीको भनाई छ । शव रक्ताम्य अवस्थामा छ ।

कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका स्थानियले गरेका छन । शरीरको बिभिन्न ठाउमा चोट लागेको कारण पनि हत्या भएको अनुमान स्थानीयले गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ