arrow

यसकारण महिलाहरुमा पिसाबको थैली तल झर्ने समस्या

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
bhola-rijal-health.jpg

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाका महिलाहरुमा पिसावको थैली तल झर्ने समस्या व्यापक मात्रामा देखिएको छ । सुत्केरी समयमा नै गह्रौंै काम गरेका कारण महिलाहरुमा पिसावको थैली तल झर्ने समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । 

गाउँपालिकाको आग्रहमा नेपाल मेडिकल कलेजबाट बिशेषज्ञ चिकित्सक सहितको टोलीले सो ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा भोला रिजालले धेरै महिलाहरुमा पिसावको थैली तल झर्ने समस्या भएको बताए । 

पानीे लिन निकै टाढा जानुपर्ने बाध्यताले गर्दा त्यहाँका महिलाहरु सुत्केरी अवस्थामा नै भारी बोक्ने भएकाले पनि स्वास्थ्यमा बढी समस्या देखिएको डा. रिजालले बताए । 

डा रिजालको नेतृत्वमा मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, अर्थोपेडिक्स, जनरल हेल्थ चेकअप, अल्ट्रासाउण्ड सहितको सेवा प्रवाह भएको थियो । जेठ ३ गते एक दिने शिविरमा सात सय जनाले प्रत्यक्ष रुपमा सेवा लिएका थिए । 

डा. रिजालका अनुसार एक सय ५० जना महिलाले प्रसुती सेवा लिएका थिए । शिविरमा चार वटा माइनर अपरेशन भएको थियो । उनका अनुसार एक सय जनाको अल्ट्रासाउण्ड गरिएको थियो । 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार केही महिलाहरुमा पिसाव चुहिने समस्या पनि देखिएको थियो । अझै पनि त्यहाका महिलाहरु सुत्केरी हुन स्वास्थ्य सस्थामा जाने भन्दा पनि घरमै बच्चा जन्माउने गरेको पाईएको छ । 

डा. रिजालले महिलाको स्वास्थयलाई ध्यानमा राखेर सरकारले स्वास्थ्य र पानीलाई एकै ठाउँमा दाँजेर खाने पानीको उचित व्यवस्था गर्नुपर्ने बताए । उनले यसलाई सामन्य रुपमा लिए दिर्घकालीन रुपमा थप समस्या देखिन सक्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ