arrow

हुवावेईलाई अमेरिकाले दियो ९० दिनको छूट 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Huawei-HQ.jpg

काठमाडौं । अमेरिकाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेईमाथि लगाइएको प्रतिबन्धमा ९० दिनको छूट दिने निर्णय गरेको छ । अमेरिकाले हुवावेईमाथिको प्रतिबन्धबाट आउनसक्ने समस्याबाट बच्न अमेरिकाले यस्तो निर्णय गरेको हो । 

प्रतिबन्धको निर्णयमा कुनै किसिमको असर नपरोस् भन्नका लागि पनि अमेरिकाले यस्तो निर्णय गरेको हो । राष्ट्रिय सुरक्षाको कारण बताउँदै अमेरिकाले हुवावेईलाई एनटीटी सूचीमा समावेश गरेको थियो । 

यो सूचीमा समावेश भएका कम्पनीले विशेष अनुमति विना अमेरिकी कम्पनीसँग कारोबार गर्न पाउँदैनन् । 

अमेरिकाका वाणिज्य सचिव विल्बर रोसले हुवावेईलाई छूट दिँदा उससँग आश्रित रहेका अन्य अमेरिकी तथा अन्य मुलुकका कम्पनीलाई निर्णय लिन लामो समय मिल्ने बताए । यसबाट हुवावेईका प्रयोगकर्तालाई अहिले तत्कालका लागि कुनै समस्या हुनेछैन । 

अमेरिकाले लगाउँदै आएको जासुसीको आरोपको हुवावेईले भने खण्डन गर्दै आएको छ । कम्पनीले अमेरिकासँगको वार्ताको माध्यमबाट यसको आशंका हटाउने प्रयास हुने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ