arrow

गर्मीले सताए पछि टोयोटा कारलाई गोबरले लिपियो

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Car-cow-dung.jpg

एजेन्सी। भारतको अहमदाबादमा गर्मीबाट बच्न कारलाई गाइको गोबरले लिपेका छन्। फेसबुकमा भाईरल भैरहेको फोटोमा कारलाई पुरै गोबरले लिपेको देख्न सकिन्छ ।

४५ डिग्री भन्दा माथिको गर्मीबाट बच्न कारलाई गोबरले लिपिएको हो । गाउँमा घरको भित्ता र जमिनलाई गोबरले लिप्ने चलन रहेको छ । गोबरले लिपे पछी गर्मिमा सित्तल र जाडोमा न्यानो रहने बिश?वास गरिन्छ ।

यसै विश्वासलाई निरन्तरता दिन गाडी लिपिएको हुनसक्छ । फेसबुक प्रयोगकर्ता रुपेश गौरंग दासले उक्त गाडीको फोटो फेसबुकमा राख्दै लेखेका छन् ‘ मैले देखेको गोबरको सबैभन्दा राम्रो सदुपयोग ‘। दासले भन्छन ४५ डिग्रीको गर्मी बच्न गाडीलाई गोबर लिपिएको हो ।  उक्त गाडी श्रीमती सेजल शाहको रहेकको पनि उनले लेखेका छन्।

टोयोटाको सेडान गाडीलाई गोबर लिपिएको फोटो सामाजिक संजालमा भाईरल भैरहेको छ। धेरैको जिज्ञाशा ‘गोबरको गन्ध हटाउँन के गरियो?’ भन्ने रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ