arrow

प्रदेशको ५ को नीति तथा कार्यक्रम जेठ ९ मा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ ७ मंगलबार
pradesh-55.jpg

बुटवल। प्रदेश नम्बर ५ आगामी आथिृक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम जेठ ९ गते प्रदेश सभामा पेस हुने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको निती तथा कार्यक्रम स्वीकृत गरेको हो ।

करिब ३ घण्टा चलेको मन्त्रीपरिषद बैठकले प्रदेश ५ को निती तथा कार्यक्रमलाई स्वीकृत गरेको बैठक पछि पत्रकारहरु संग कुरा गर्दै प्रदेश नम्बर ५ का भौतीक तथा पुर्वाधार बिकास मन्त्री तथा प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दर्ता गरेको प्रदेश सरकार, प्रदेश नम्बर ५ को आगामी आथिृक वर्ष २०७६-७७को नीति कार्यक्रम स्वीकृति गरी प्रदेश सभामा पेस गर्नको लागि प्रदेश प्रमुख उमाकान्त झा लाई अनुरोध समेत गरेको हो ।

उनले संघीय योजना आयोगले आवधिक योजना बनाएको र सोही लाई मार्गदर्शन मानेर प्रदेश योजना आयोगले निती कार्यक्रम र बजेट निर्धारण हुने बताए ।

उनले अहिलेको नीति तथा कार्यक्रम पहिलेको वर्ष भन्दा केही फरक रहेको बताउँदै उनले गतवर्ष तयार नभएका भौतिक संरचनाहरु बन्दै गएको बताए । उनले यो वर्षको नीति तथा कार्यक्रमले कामको गति दिने कार्य गर्ने बताए ।

साथै मंगलबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदले दर्ता गरेको प्रदेश अभिलेख संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक, २०७६ प्रदेश सभामा पेस गर्नको लागी स्वीकृति प्रदान गरेको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश नम्बर ५ प्राइभेट फर्म दर्ता सम्बन्धमा ब्यवस्था गर्न बनन्ने बिधेयकको अवधारण पत्रमा संद्वान्तीक स्वीकृती प्रदान गरेको छ ।

बैठकले गत फगुनमा बुटवलमा सम्पन्न पाचौ अर्ना राष्टिय लोक तथा दोहोरी सास्कृतिक महोत्सवको आयोजक रुपन्देही जिल्ला लोक दोहोरी गित प्रतिष्ठानलाई ६ लाख रुपैया अनुदान दिने निणर्य गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ