arrow

यसकारण हुन्छ रामको निष्काम कर्मयोगको चर्चा

'समाजमा अहिंसाका लागि ज्ञानको प्रचार आवश्यक'

logo
ज्ञान,
प्रकाशित २०७६ जेठ ७ मंगलबार
hanuman-varadhi.jpg

काठमाडौं । भगवान श्रीरामचन्द्रको जीवनमा अनेकौ  विपद आए । तर पनि डगमगाउनुभएन । अयोध्याबाट तीन जना श्रीरामचन्द्र, सीता र लक्ष्मण मात्र वनवास जानुभयो  । बाटोमा कयौ मानिसहरुको साथ उहाँलाई प्राप्त भयो तर पनि सबैलाई छोडर अघि बढ्नुभयो । तीन जना दण्डकारण्यमा पुग्नुभयो ।

सीतालाई जब रावणले उठाएर लिएर गए तब भगवान श्रीरामचन्द्रले अयोध्याबाट सेना बोलाउनुभएन । उहाँ आफैले धैर्य र विवेकले काम लिनुभयो । उहाँ हात बाधेरे पनि बस्नुभएन। उहाँ कर्मयोगी हुनुहुन्थ्यो, कर्म गरिरहनुभयो र बाँदरहरुलाई साथमा लिएर राक्षसहरुको नाश गर्नुभयो ।

आजकल पनि मानिसहरु बाँदरहरुको सेवा लिइरहेका छन् । जहाँ जहाँ खानी छ । जमीन मुनि सुरुङ बिच्छाइन्छ त्यसको लागि बाँदरलाई तालीम दिइन्छ बाँदर त्यहाँ  गएर खनीज पदार्थ उठाएर ल्याउछन् । जस प्रकार भगवानले बाँदरको फौज बनाउनुभयो । आज पनि संसारमा बाँदरलाई प्रशिक्षित गरेर त्यसको सेना बनाइ रहेको छ । किनभने बाँदर भित्र काम गर्ने कार्य कुशलता हुन्छ । यसै प्रकार भगवानले बाँदरलाई प्रशिक्षित गर्नुभयो । तिनीहरुलाई शिक्षा दिएर उनिहरुलाई साथमा लिएर लंकामा लडाइ गर्नुभयो र रावणलाई समाप्त गर्नुभयो ।

लंका विजय पश्चात लक्ष्मणले भन्नुभयो,' प्रभु यो सुनको लंका हामीले पाएका छौ, हामी यहाँ राज्य गरौ ?'

भगवानले भन्नुभयो, 'हुन्न भाइ लक्ष्मण यदि मलाई स्वर्गको राज्य प्राप्त भए पनि आफ्नो जन्मभूमिलाई परित्याग गर्दिन ।'

लंकाको राज्य विभीषणलाई दिएर भगवान आफ्नो जन्मभुमिमा फिर्ता आउनुभयो । बिभीषणलाई राजा बनाएपछि राक्षसको भित्र श्रीरामचन्द्रप्रति अनुराग उत्पन्न भयो । यदि उहाँले विभीषणलाई राजा नबनाएको भए सायद राक्षस भित्र भगवानले आफ्नै मानिसलाई राजा बनाए भन्ने भाव पैदा हुने थियो ।

तर श्रीरामचन्द्रले आफ्नो मानिसलाई राजा नवनाइ राक्षसकै प्रतिनिधिलाई राजा बनाउनुभो त्यसैले उनिहरु भित्र श्रद्धा पैदा भयो । उनिहरुले बुझे, 'प्रभु श्रीरामचन्द्र भित्र लिप्सा छैन । राज्यको मोह छैन ।' यसले श्रीरामचन्द्र प्रति उनिहरुको भक्ति अझ दृढ भयो ।

सत्ययुगमा राक्षसहरुले देवताहरुलाई खेदाएका थिए।  अनेकौ प्रकारका अत्याचार गरे । यसैप्रकार अहिले पनि अत्याचार र हिंसाको एक परिवर्तित रुप हाम्रो अगाडि छ । जब जब धर्मको हानी हुन्छ तब तब धर्मको स्थपना गर्नको लागि शान्तिको स्थापना गर्नको लागि शक्तिको प्रकटीकरण मानवको रुपमा हुन्छ ।

गीतामा श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ -
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत:।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥

'हे अर्जुन जब-जब धर्मको हानी, त्यसको लोप हुन्छ र अधर्मको वृद्धि हुन्छ, तब-तब म  धर्मको अभ्युत्थानको लागि स्वयमलाई रचना गर्छु अर्थात अवतार लिन्छु ।'

जब जब होय धर्म की हानी,
बाढ़हिं असुर, अधम, अभिमानी।
तब तब धरि प्रभु मनुज शरीरा,
हरहिं कृपा निधि सज्जन पीरा ।।

धर्मको सत्यको स्थपना गर्नको लागि समय समयमा, युग पुरुष आउछन् र उनिहरुलाई भक्ति भावबाट नै चिन्न सक्नेछौ ।

त्यसैले भनियो -
जाकी रही भावना जैसी, प्रभु मूरत देखी तिन्हा तैसी ।

जसको जस्तो भावना छ त्यसै अनुरुप उसले कुनै कुरा देख्छ त्यसको विश्लेषण गर्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो भावनालाई शुद्ध गर्नुपर्नेछ प्रेममय बनाउनुपर्नेछ ।

अध्यात्म गुरु सतपाल जी महाराज भन्नुहुन्छ, 'हामी भक्त बन्नुपर्छ । हामी भक्ति गरौ र त्यसका लागि आफ्नो भावना शुद्ध गरौ ।  यो समय घोर कलियुगको हो ।  यसको प्रभाव कस्तो छ त्यो तपाई देखिरहनुभएको छ । चारैतर्फ  के भै रहेको छ सम्झाउन कुनै जरुरत छैन । यो एक कुराबाट मात्र अन्त्य हुनेछ त्यो हो आत्मज्ञानको प्रचार ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ