arrow

भारतद्धारा सफलतापूर्वक उपग्रह प्रक्षेपण

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
reset-2b.jpg

काठमाडौं । भारतले सफलतापूर्वक बुधबार बिहान उपग्रह प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले रडार इमेजिङ अर्थ सेटेलाइट (रिसेट–२बी) सफलतापूर्वक प्रक्षेपण गरेको हो । 

आन्ध्रप्रदेशको श्रीहरिकोटाबाट पीएसएलबी–सी ४६ रकेटबाट बिहान स्थानीय समयअनुसार ५ः२७ बजे प्रक्षेपित गरिएको हो । 

यसले गुप्तचरी निगरानी, कृषि, वन तथा आपदकालीन प्रवर्धनमा मद्धत गर्ने अपेक्षा गरिएको छ । 

६१५ किलोग्रामको उक्त उपग्रहलाई प्रक्षेपणको १५ मिनेटपछि पृथ्वीको कक्षमा छोडिएको हो । रिसेटको सेवा निरन्तर बनाउन सेन्थेटिक अपर्चर रडार (सार) इमेजर पनि पठाइएको जनाइएको छ । 

रिसेट–२बीलाई पृथ्वीको जमिन सतहदेखि ५५५ किलोमिटर उचाइमा स्थापित गरिएको छ । 

d



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ