arrow

त्रिवि प्राध्यापक संघले भन्यो : सेवा आयोगमा तोडफोड प्राज्ञिक मूल्यमाथिको प्रहार

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
akhil-krantikari1.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले केही समय यता त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा भएको आक्रमणप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ती जारी गर्दै संघले केहीसमयदेखि चलिरहेको तोडफोड र अबाञ्छित गतिविधिले सेवा आयोगको नियमित कार्यमा अवरोध हुनुका साथै प्राज्ञिक मूल्य मान्यता माथि नै प्रहार भएको ठहर पनि गरेको छ । 

सभापति वसन्त ढकाल र महासचिव केशवराज शर्माले जारी गरेको विज्ञप्तीमा विधिसम्मत आफ्ना असहमतिलाई प्रकट गर्ने वैधानिक बाटो अवलम्बन गरी न्यायिक उपचार खोजी गर्नुपर्नेमा उच्छृङ्खल गतिविधिमा उत्रिनु कसैको लागि पनि शोभनीय नरहेको ठहर गरिएको छ । 

संघले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रण गर्नपनि सम्बन्धित निकायसँग आग्रह गरेको छ । विभिन्न संगठनहरुले त्रिवि सेवा आयोगमा आन्दोलन गर्ने क्रममा सोमबार त्रिवि सेवा आयोगको परिसरमा अखिल (क्रान्तिकारी) को नामबाट आन्दोलन गर्ने विद्यार्थीहरुले स्कूले विद्यार्थीहरुलाई समेत प्रयोग गरेर सेवा आयोगमा प्रदर्शन गरेको थियो । यी र यस्ता गतिविधिहरुको प्राध्यापक संघले विरोध गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ