arrow

हार उन्मुख रहेका यी हुन् काँग्रेसका ८ पूर्व मुख्यमन्त्री 

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
indian-congress.jpeg

काठमाडौं । लोकसभा चुनावको नतिजा कांग्रेसका लागि एकदमै निराशाजनक साबित भएको छ । यस पटक पार्टी ५० सीटमा अघि बढिरहेको छ । 

कांग्रेस पार्टी आफ्नो सत्ता वाला कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तिसगढमा नराम्रो रुपमा परास्त भएका छन् । यसका साथ कांग्रेसका  ८ पूर्व मुख्यमन्त्री समेत हार तर्फ बढ्दो रुपमा देखिएको छ । 

सत्तामा फेरि आउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको कांग्रेस पार्टीकी शीला दीक्षित, दिग्विजय सिंह सहित ८ पूर्व मुख्यमन्त्रीहरुको दाबी देखिएको छ । चुनावी नतिजाहरुमा सबै पूर्व मुख्यमन्त्री हार तर्फ बढिरहेको छ । 

१- भूपिन्दर सिंह हुड्डा 
हरियाणाका पूर्व मुख्यमन्त्री भूपिन्दर सिंह हुड्डा यस पटक सोनीपतको सीटबाट चुनावी मैदानमा उत्रिएका छन् । उनको सामु बीजेपीका रमेश चन्द्र कौशिक चुनावी मैदानमा छन् । 

२- शीला दीक्षित 
लगातार १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री बनेकी शीला दीक्षितलाई कांग्रेसले राजधानीको उत्तर पूर्वी दिल्ली संसदीय सीटबाटउम्मेदवार बनाएको थियो । यहाँ उनको मुकाबला सिटिङ्ग सांसद बीजेपीको मनोज तिवारीसँग रहेको छ । जो लगभग एक लाखको अन्तरले जित तर्फ छन् । 

३- दिग्विजय सिंह 
कांग्रेसका वरिष्ठ नेता तथा मध्य प्रदेशका पूर्व सीएम दिग्विजय सिंह लामो समयपछि चुनावी मैदानमा उतारेको छ । पार्टीको तर्फबाट उनले भोपाल लोकसभा सीटबाट क्याण्डिडेट बनाएको छ। उनी भाजपाको प्रत्याशी साध्वी प्रज्ञा ठाकुरसँग चुनाव हार्ने सम्भावनामा छन् । 

४-हरीश रावत 
उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरीश रावतलाई कांग्रेस नैनीताल-उधमसिंहनगर संसदीय सीटसँग पार्टी प्रत्याशी बनाइएको छ। उनी अहिले लगभग ३ लाख भोट अन्तरले बीजेपीका अजय भट्टको पछि छन्। 

५- मुकुल संगमा 
मेघालयका पूर्व मुख्यमन्त्री मुकुल सँगमालाई कांग्रेसले तुरा लोकसभा सीटबाट चुनावी मैदानमा उतारेको थियो । उनी नेशनल पिपुल्स पार्टीका क्याण्डिडेट अगाथा संगमासँग एकदमै पछि  चलिरहेका छन् । 

६- सुशील शिन्दे 
कांग्रेसका दिग्गज नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री सुशील शिन्दे यस पटक सोलापुर (सुरक्षित) सीटबाट चुनावी मैदानमा छन्। उनी बीजेपी प्रत्याशी जय सिद्धेश्वर शिवाचार्य महास्वामीजीसँग पछि चलिरहेको छ । 

७- नबाम टुकी 
अरुणाचल प्रदेशको पूर्व मुख्यमन्त्री नबाम टुकी कांग्रेसको टिकटमा अरुणाञ्चल पश्चिमको सीटबाट चुनावी मैदानमा थिए । उनी यहाँबाट बीजेपी उम्मेदवार किरण रिजिजूबाट हार्ने देखिएको छ । 

८- अशोक चव्हाण 
महाराष्ट्रका पूर्व मुख्यमन्त्री अशोक चव्हाण यसपटक कांग्रेसको टिकटमा नान्देड सीटबाट लोकसभा चुनावमा लडिरहेका छन् । यहाँ बीजेपी प्रत्याशी प्रताप चिखलिकर पछि चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ