arrow

३ महिनामा बंगालमा सरकार ढल्ने भाजपाको दाबी, ममताले आफ्नै एमएलएलाई भनिन् 'गद्दारका छोरा'

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
Mamata_Banerjee.jpg

कलकत्ता । पश्चिम बंगालमा अबको ३ महिना भित्र ममता बनर्जीको सत्ता ढल्ने भारतीय जनता पार्टीका नेताहरुले दाबी गरेका छन् । ममता बनर्जीका विधायकहरु भारतीय जनता पार्टीको सम्पर्कमा रहेको र केही समयमा नै उनीहरुले त्रिणमूल काँग्रेस छाड्ने दाबी सहित भाजपाका नेताहरुले यस्तो दाबी गरेका हुन् । 

भाजपाले ममता बनर्जीको गढ पश्चिम बंगालमा यो लोकसभा चुनावमा १८ सिटमा जीत हाँसिल गरेको छ । पछिल्लो चुनावमा भाजपाले पश्चिम बंगालमा केवल २ सिटमा विजय हाँसिल गरेको थियो । 

पश्चिम बंगालको बैरकपुर लोकसभा सीटबाट चुनाव जितेका भाजपा नेता अर्जुन सिंहले टीएमसका कैयौं नेता एवं सांसदहरु भाजपाको सम्पर्कमा रहेको भन्दै ममता बनर्जी सरकार अबको ९० दिनमा ढल्ने दाबी गरेका हुन् । बैरकपुर सीटमा टीएमसी नेता दिनेश त्रिवेदीलाई हराउने अर्जुन सिंहले भने कि टीएमसीका कैयौं नेता उनको र मुकुल रायसँगको सम्पर्कमा छन् । 

चुनाव अघि ममता बनर्जीलाई चुनौती दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाका धेरै झण्डै आधा विधायकहरु आफूहरुको सम्पर्कमा रहेको भन्दै चुनावमा देखाईदिने बताएका थिए । उनले भनेजस्तै कूल ४२ सिट रहेको पश्चिम बंगालमा १८ सिट जित्न सफल भएका थिए । यसले पनि मोदी र सिंहले भने जस्तै उनका एमएलएहरु भाजपाको सम्पर्कमा रहेको कुरा पुष्टि हुने बताईएको छ । 

पश्चिम बंगालको उत्तर २४ परगनाका बीजपुरबाट टीएमसी विधायक तथा भाजपा नेता मुकुल रायका छोरा सुभ्राम्शु रायलाई ममता बनर्जीले 'गद्दारको छोरा' भनेकी हुन् । उनको सो अभिव्यक्तिले  सुभ्राम्शु राय भड्किएका छन् । उनले खुलेर आफ्ना पिता मुकुल रायको खुलेर तारिफ गर्दै आफूले आफ्नो पिताको सामु हार मानेको स्वीकार गरेका छन् । सुभ्राम्शुले भने उनी पार्टी छोड्ने तयारीमा त छैनन् । तर छिट्टै मुकुल ९आफ्ना पिता० का साथ परामर्श गर्ने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ