arrow

एमजन र एप्पलका भ्वाइस एसिस्टेन्टले गर्दैछन् महिलाको छवि खराब

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
apple-amazon2.png

काठमाडौं । एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सा अहिले अधिकांश घरमा स्मार्ट स्पीकरको रुपमा प्रयोग हुने गरेको छ । तर, पछिल्लो आर्टिफिशियल इन्टेलिजेन्स (एआई)को क्षमता भएको यस किसिमको भ्वाइस एसिस्टेन्टमा महिलाको आवाज सुनिने गरिएको छ ।

एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सी अधिकांश घरमा काम गरिरहेको छ । विस्तारै यसले एप्पलको सीरीको जस्तै लोकप्रियता पनि हासिल गर्ने क्रममा छ । यस्तोमा आगामी दिनमा यस किसिमका एसिस्टेन्टमा आवाज फरक हुनुपर्ने माग अधिकारकर्मीले बताएका छन् । यस किसिमको कामले आगामी दिनमा लैङ्गिक भेदभावलाई बढावा दिने उनीहरुको भनाइ छ ।

संयुक्त राष्ट्रसंघले गरेको अध्ययनको क्रममा यस किसिमको खुलासा भएको हो । उनीहरुले यस किसिमको कामले आगामी दिनमा महिलालाई कसैलाई खुसी बनाउनका लागि मात्र प्रयोग गर्न सकिने किसिमको मानसिकता आम मानिसमा बस्नसक्ने उनीहरुले बताएका छन् ।

अधिकारवादीले यस किसिमको कामलाई पक्षपातपूर्ण रहेको बताएका छन् । यस्तोमा आगामी दिनमा महिलालाई यस कामको लागि प्रयोग गर्न नहुने सुझाव उनीहरुले दिएका छन् ।

१४६ पेजको उक्त प्रतिवेदनमा एप्पल तथा एमजन जस्ता कम्पनीमा पुरुष इन्जिनियर बढी भएको अवस्थामा उनीहरुको यो प्रविधिका लागि भने महिलाको प्रयोग गरिएको विषयमा आलोचना गरिएको छ ।

विश्लेषकका अनुसार सन् २०१८ मा करीब १० करोड स्पीकर्स बेचिएको थियो । जसले महिलाले जति खराब व्यवहार पनि सहनसक्ने किसिमको सन्देश दिएको उल्लेख गरिएको छ । एक अध्ययनका अनुसार मानिसहरु सन् २०२० सम्म आफ्नो जीवनसाथीको तुलनामा भ्वाइस एसिस्टेन्टसँग बढी कुरा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ