arrow

पेटभित्र काँटा, चम्चा, चक्कू र ब्रस ? 

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार

काठमाडौं । पेटभित्र के हुन्छ ? सामान्यतया शरीरभित्र खानेकुरा मात्र खाइन्छ । त्यसबाहेक अरु के नै पो होला भन्ने अनुमान गरिएको भए त्यो गलत हुन सक्छ । 

भारतको हिमाचल प्रदेशमा चिकित्सकले एक ३५ वर्षीय युवाको पेटबाट अजिब अजिब चिज निकालेका छन् । 

लालबहादुर शास्त्री शिक्षण अस्पतालमा भर्ना भएका ३५ वर्षे युवाको शरीरबाट ८ वटा चम्चा, २ वटा स्क्रयुड्राइभर, २ वटा टुथब्रस र एउटा किचन चक्कू निकालिएको हो । 

उनको पेटमा कसरी गए होलान् त यी वस्तुहरु ? 

युवाको शरीर ढुंगा खाए पनि पच्ने उमेर हो । तर त्यो त भनाइ हो कि शरीर बलिष्ठ हुन्छ । निकै काम गर्न सक्छन् र मजबुद पेट हुन्छ भनेर । 

तर ढुंगा खाए पनि पच्छ भन्दैमा चम्चा, चक्कू र ब्रस खाएर के हुन्छ ? उनी मानसिक रोगी हुन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ