arrow

यस्तो छ अमेरिकामा हुवावेईमाथि प्रतिबन्धको वास्तविक कारण 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ११ शनिबार
huawei1.jpg

काठमाडौं । कन्सपिरेसी थिएरिस्टका अनुसार अमेरिकामा हुवावेईमाथि प्रतिबन्धको प्रमुख कारण कम्पनीको फोनमा रहेको सबैलाई आश्चर्यमा पार्ने फिचर्स हो । कम्पनीको फोनमा रहेको ५० एक्सको जुमको फिचर्सको कारण रहेको बताइएको छ ।  

कन्सपिरेसी थिइरिस्टका अधिकारीहरुका अनुसार हुवावेईमाथिको प्रतिबन्धको घटनामा जासुसी गर्न खोजेको विषयलाई मुद्दा बनाइएको थियो । मानिसहरु यो घटनामा कुनै प्रभावशाली व्यक्तिको हात रहेको बताउँदै आएका छन् । 

हुवावेईको विषयमा द सनले एक भिडियोको साथमा केही तस्वीर पनि शेयर गरेको छ । जसमा धेरै अग्लो भवनबाट लिइएको तस्वीरमा तल जमिनमा चेस खेलिरहेका मानिस देखिएका छन् । 

वास्तविक तस्वीरमा उनीहरु एउटा विन्दुजस्तो देखिन्छन् । तर, क्यामेरलाई ५० एक्स जुम गर्दा उनीहरुका साथै चेस बोर्डको गोटीहरु पनि स्पष्ट देखिन्छन् । 

यो तस्वीर हुवावेईको फोनबाट लिइएको हो । 


यसलाई फेरि जुम गर्दा उनीहरु चेस खेल्दै गरेको स्पष्ट देख्न सकिन्छ । 


इस्लामावादस्थित चिनियाँ दूतावासका एक अधिकारी चाओ लिचियनले यो प्रतिबन्धको कारण उच्च प्रविधिको क्यामेरा पनि हुनसक्ने बताएका छन् । उक्त तस्वीर हुवावेईको पी ३० स्मार्टफोनबाट खिचिएको हो । यो स्मार्टफोन गत मार्चमा सार्वजनिक गरिएकोे थियो । 

हुवावे पी ३० प्रोमा एक ४० मेगापिक्सलको सुपर स्पेक्ट्रम क्यामेरा, एक अल्ट्रावाइट र एक ५० एक्स जुम छ । यसको माध्यमबाट कम्पनीले विश्वको जासुसी गर्न खोजेको अधिकारीले बताएका छन् । 

यस विषयमा मानिसहरुले विभिन्न किसिमको प्रतिक्रिया दिँदै आएका छन् । अहिले अमेरिका–चीनबीचको व्यापारयुद्धको केन्द्रमा हुवावे देखिएको छ । 

के छ विवाद ? 

हुवावेईलाई अमेरिकाको साथमा युरोपमा पनि प्रतिबन्धको लगाउनुपर्ने माग बढिरहेको छ । पश्चिमी मुलुकमा हुवावेईको विरोध लगातार बढिरहेको छ । उक्त मुलुकहरुले आगामी पुस्ताको इन्टरनेट ५जीमा चिनियाँ कम्पनीको उपकरण सुरक्षाको लागि खतरनाक हुनसक्ने बताएका छन् । 

केही मलुकले हुवावेईको उत्पादनको माध्यमबाट चीनले अन्य मुलुकको निगरानी गरिरहेको आरोप लागेको छ । तर, यी आरोपलाई हुवावेईले भने खण्डन गर्दै आएको छ । उसले चीन सरकारसँग हुवावेईको कुनै सम्बन्ध नरहेको बताएको छ । 

यसका बाबजुद केही मुलुकले दूरसञ्चार कम्पनीलाई ५जी मोबाइल नेटवर्कमा हुवावेईका डिभाइसको प्रयोगमा रोक लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ