arrow

विश्वकप वार्मअपमा न्यूजिल्याण्ड सामु भारत निरीह

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
india-cricket3.jpg

काठमाडौं । इंगल्याण्डमा बिहीबारदेखि हुन गइरहेको विश्वकप एक दिवसीय क्रिकेटको वार्मअपमा भारतले खराव खेलेको छ । 

शनिबार भएको खेलमा भारतले न्यूजिल्याण्ड सामु निरीहता प्रदर्शन गरेको हो । भारत ६ विकेटले पराजित भयो । 

लण्डनमा भएको खेलमा कोही पनि ब्याट्सम्यान चल्न सकेनन् । ३९.२ ओभरमा अलआउट भयो । निकै कमजोर खेलेको भारतले १७९ रन मात्रै बनाउन सक्यो । 

कुनै पनि ब्याट्सम्यान नटिकेको खेलमा रविन्द्र जडेजाले सबैभन्दा बढी ५० बलमा ५४ रन बनाए । हार्दिक पाण्डेयाले ३० रन बनाए । 

कप्तान विराट कोहलीले १८ रन बनाए भने महेन्द्र सिंह धोनीले १७ रन बनाए । 

ट्रेन्ट बोल्टले ४ तथा जेम्स नीशमले ३ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले ३७.१ ओभरमा ४ विकेटको नोक्सानीमा बाजी मार्यो । रोस टेलरले ७१ रन बनाए । कप्तान केन विलियमसेनले ६७ रन बनाए । 

Ross Taylor put on 114 for the third wicket to take the game away from India on Saturday

ब्याटिङ फ्लप गरेको भारतको बलिङ पनि फ्लप भयो । जसप्रित बुमराह, हार्दिक पाण्डेया, युजभेन्द्र चाहाल र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

भारत विश्वकप ल्याउने मनसायले इंगल्याण्ड पुगे पनि वार्मअपले भने त्यसको थोरैसम्म पनि सम्भावना देखाएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ