arrow

इंगल्याण्ड घरमै कमजोर, अष्ट्रेलिया लयमा

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
australia5.jpg

काठमाडौं । वार्मअप क्रिकेटमा इंगल्याण्डले घरेलु मैदानमा पराजय भोगेको छ । बिहीबारदेखि इंगल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट अघिको वार्मअपमा अष्ट्रेलियाले इंगल्याण्डलाई १२ रनले पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेटको नोक्सानीमा २९७ रन बनायो । स्टेभेन  स्मिथले १०२ बलमा ११६ रन बनाए । 

A century for Steve Smith against old enemy since Australia's sandpaper farce was galling

ओपनर डेभिड वार्नरले ४३ रन बनाए । लियाम प्लंकेटले ४ विकेट लिए । 

जवाफमा इंगल्याण्डले ४९.३ ओभरमा अलआउट हुँदै २८५ रन मात्र बनायो । जेम्स भिन्सले सबैभन्दा बढी ६४ रन बनाए । 

Adil Rashid and Jofra Archer of England leave the field after losing to Australia in Southampton

कप्तान जोस् बट्लरले ३१ बलमा ५२, तथा क्रिस वोक्सले ४४ बलमा ४० रन बनाएर पनि टिमले हार्यो । 

अष्ट्रेलियाका केन रिचर्डसनले २ तथा जासन बेहरेनडोर्फले पनि २ विकेट लिए । 

  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ