arrow

भारतले जानकारी बिना नै पाइलट च्यानलमा पानी छाड्दा सय नेपाली परिवार विस्थापित 

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
saptakoshi-flood.jpg

काठमाडौं । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार पुनः आएपछि नेपाल र भारतबीच राम्रो सम्बन्ध बन्ने अपेक्षा गरिरहँदा कोशी ब्यारेजमा भने भारतीय पक्षको गल्तीले झण्डै एक सय नेपाली परिवार अलपत्र परेको छ । 

भारतीय पक्षले कोशी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीति अनुसार कोश व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब सय परिवार विस्थापित भएका हुन् । 

ती परिवारका करिब तीन सयको हाराहारीमा शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेको पाइएको हो । 

यद्यपि संख्याका बारेमा भने हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार शाहले यकिन गर्न सकेका छैनन् । उनले पीडितको उद्धार प्रयास भइरहेको बताएका छन् । 

बिना जानकारी भारतले यसरी पानी छाड्दा केही पशु चौपायासमेत नदीले बगाएको छ । संकलन गरेर राखिएका काठ दाउरासंगै घर बनाउन प्रयोग गरिने खडहीसमेत बगाएको बताइएको छ ।

भारतको उक्त कदमले आधा दर्जन डुंगाहरु समेत नदीले बगाएर लगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ