arrow

‘जनताले ओली सरकारको विकल्प खोज्न थालिसके’ 

ओली सरकार ‘बाँदरको हातमा नरिवल’ 

logo
प्रकाश भट्ट
प्रकाशित २०७६ जेठ १२ आइतबार
ramchandra3.jpg

दार्चुला । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार दार्चुलाको खुलामन्चमा तेस्रो जिल्ला अधिवेशन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अहिलेको सरकार गणतन्त्रलाई संस्थागत गर्नेभन्दा पनि मास्ने कार्यमा लागेको र यो सरकार ‘बाँदरको हातमा नरिवल’ भएको बताएका हुन् ।

बहुमतको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उनले भने, “सरकार आफै घोर भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । लोकतन्त्रका मूल्यमान्यतालाई तिताञ्जली दिदै पक्षपाती र मनोमानी ढंगको शासन चलाइरहेको छ ।”

पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन् । कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै लोकतन्त्र उल्टाउने खालको कदम चालेको दाबी गरे । 

कम्युनिष्टहरुले विकासमा सिन्को भाँच्ने काम नगरेको र काँग्रेसका पालामा थालनी भएर हाल निर्माण सम्पन्न भएका योजनाहरुको रिबन काट्दै हिड्ने काम केपी ओली र उनका सरकारका मन्त्रीहरुले गरेको पौडेलको भनाई थियो  । 

त्यस्तै कम्युनिष्टहरु यो मुलुकमा सर्वसत्तावाद लाद्न प्रयत्नशिल रहेको वरिष्ठ नेता पौडेलको भनाई थियो । भ्रष्टाचारलाई ढाकछोप, लोकतन्त्र माथिको आक्रमण, सर्वोच्च अदालतमाथिको धावा, अख्तियारमाथिको कब्जा लगायत त्यसको उदाहरण भएको वरिष्ठ नेता पौडेलको भनाई थियो । 

केपी ओली सरकारले संवैधानिक निकाय आफ्नो भर्ति केन्द्रका रुपमा स्थापित गरेको उहाको टिप्पणी थियो । वर्तमान सरकार जनताको हित र विकास निर्माणमा लाग्नु पर्ने भएपनि बाँदर प्रवृति अपनाउँदै जनताको विरुद्धमा लागि परेको पौडेलको भनाई रहेको छ । 

साथै उनले वर्तमान सरकारलाई खबरदारी गर्नका लागि आफ्नो पार्टीले राष्ट्रिय रुपमा जागरण अभियान संचालन गरेको बताए । उनले आफ्ना नेता कार्यकर्तालाई कर्मशील काँग्रेस बन्न निर्देशन समेत दिए । 
     
नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिह बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा जागरण भेलालाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, सुुदुरपश्चिम प्रदेशसभा सदस्य भरत खड्का, राष्टिय जागरण प्रतिनिधी राजु खनाल, महिला संघकी केन्द्रिय प्रतिनिधि कान्ता चन्द, कैलाली काँग्रेस नेता नारायण मिश्र, कञ्चनपुरका प्रेम विष्ट, महाधिवेसन प्रतिनिधी उमेश खत्री, शैल्यशिखर नगरपालिकाका प्रमुख अमर धामी, दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, नेविसं दार्चुलाका अध्यक्ष रमेश भट्टलगायत नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ