arrow

चीनले बनायो प्रतिघण्टा ६ सय किलोमिटर कुद्ने रेल 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १२ आइतबार
china_maglev_rail.jpg

काठमाडौं । चीनले प्रतिघण्टा ६ सय किलोमिटर कुद्नसक्ने रेल निर्माण गरेको छ । गत बिहीबार चीनले यो रेल सार्वजनिक गरेको हो । यो रेल म्याग्नेटिक–लेभिटेशन प्रणालीमा आधारित छ । यो रेलले जमिन नछोईकन कुद्नसक्छ । चीनको स्थानीय रेल निर्माता चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन (सीआरआरसी)ले यो रेल सार्वजनिक गरेको हो । सीआरआरसीले सन् २०२१ देखि यो रेलको व्यावसायिक उत्पादन शुरु गर्नेछ । 

चीनको यो रेलले आगामी दिनमा यातायातको क्षेत्रमा निकै ठूलो परिवर्तन ल्याउनसक्ने अनुमान गरिएको छ  । यसले हवाई यात्रा र जमिनको यात्रा बीचको समय अन्तर निकै कम हुनेछ । अहिले निर्माण गरिएको रेलले चीनको बेइजिङदेखि सांघाईसम्मको यात्राका लागि अहिले हवाई यात्रा गर्दा करीब साढे ४ घण्टा लाग्ने गरेको छ । उच्च गतिको रेलबाट यात्रा गर्दा साढे ५ घण्टा लाग्ने गरेको थियोे । तर, अब यो रेलको माध्यमबाट भने साढे ३ घण्टामा नै यो यत्रा गर्न सकिन्छ । 

विमानको उच्चतम गति प्रतिघण्टा ८ देखि ९ सय किलोमिटरसम्मको हुने गरेको छ । अहिले चलिरहेको उच्च गतिको रेलको गति ३ सय ५० किलोमिटर छ । 

चीनले अहिले निर्माण गरेको यो रेल निर्माणको लागि तीन वर्षको समय लागेको थियो ।  चुम्बकीय विकर्षणको नियमअनुसार निर्माण गरिएको यो रेल जमिनभन्दा माथिबाट नै कुद्नेछ । जसको कारण जमिनमा हुने घर्षण कम हुन्छ र यसले अत्यधिक गति हासिल गर्न सक्छ । 

अहिले सीआरआरसीले यो रेलको निर्माण तथा परीक्षणको कारण गरिरहेको छ  । यस वर्षको उत्तरार्धदेखि यसले आफ्नो सेवा शुरु गर्ने अपेक्षा छ । परीक्षणको क्रममा प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा हासिल गरेको थियो । यसअघि सन् २०१५ मा जापानले निर्माण गरेको म्यागलेभ रेलले परीक्षणको क्रममा ६ सय ३ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो । यो अहिलेसम्मकै उच्च गतिको कीर्तिमान हो । 

अहिले जापानले अर्को म्याग्लेभ प्रणालीको रेल बनाइरहेको छ । यसको गति प्रतिघण्टा करीब ५ सय किलोमिटर रहनसक्ने बताइको छ । 

चीनको पहिलो म्याग्लेभ प्रणालीको पहिलो व्यावसायिक रेलवे सांघाईको पुटोङ एयरपोर्ट र सिटि सेन्टरको बीचको छ । यो रेल यहाँ ४ सय ३१ किलोमिटर प्रतिघण्टाको दरले रेल कुद्ने गरेको छ । यो अहिलेसम्मको सबैभन्दा तीव्र गतिको रेल हो । 

अहिलेसम्म चीन, दक्षिण कोरिया र जापानमा मात्र म्याग्लेभ प्रणालीको रेल विस्तार भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ