arrow

काठमाडौंमा होली

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
DSC_0277.JPG.jpeg
काठमाडौं। रङको पर्व होली आज बिहानैदेखि काठमाडौँका स्थानीयवासीले आफ्ना नजिकका आफन्तसँग विभिन्न रङ खेलेर मनाउन थालेका छन्। यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ। उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ।
 
यस वर्ष होलीको उत्साह विगत वर्षको तुलनामा केही कमी आएको देखिएको छ। युवापुस्ताले केही रमाइलो गरेको देखिए तापनि आमजनतामा रौनकता छैन। उपत्यकामा सवारीसाधनको उपस्थिति पातलो छ। उता भृकुटीमण्डमा विभिन्न सङ्घसंस्थाको आयोजनामा होलीको विशेष कार्यक्रम गरेर मनाउन लागिको छ। अन्य स्थानमा सामाजिक सङ्घ संस्था तथा समूहगतरुपमा होली मनाउने क्रम सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ