arrow

धरानमा अज्ञात समुहले हान्यो गोली, लुट्यो ४ लाख

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
gunfire.jpg

काठमाडौं । धरान ४ बाट रकम कलेक्सन गरि फर्कीदै गरेका जीवन विकास लघुवित्तिय संस्थाका एक कर्मचारीलाई अज्ञात समुहले गोली प्रहार गरेको छ । अज्ञात समुहको गोली लागेर शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । अज्ञात समुहले गच्छदारमाथि  २ राण्ड गोली चलाएका छन् ।  उनको कुइना र कोखामा गोली लागेको छ ।

स्कुटरमा आएको तीन जनाको समुहले मोरंगको साउने बस्तीमा गच्छदारमाथि गोली  हानी कलेक्सन गरेको ४ लाख रकम समेत लगेको धरान प्रहरीले जनाएको छ । रकम लिएसँगै लुटेरा फरार छन् ।

घाईते गच्छदारको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । गच्छदार बोल्न सक्ने अवस्थामा रहेका छन् । 

गोली प्रहारसँगै मोरंगका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ