arrow

पोखरामा त्रास फैलाउँदै विप्लव समूह, तीन ठाउँमा शङ्कास्पद वस्तु    

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
pokhara7.jpg

पोखरा । पोखराको विभिन्न तीन ठाउँमा सोमबार बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए । 
     
 ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द विप्लव समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । 

सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ