arrow

हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालकलाई झारेर बसमा गरे आगजनी    

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
fire.jpeg

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले सोमबार बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।     
     
 जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । 

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ