arrow

भारतको लोकसभामा ८८ प्रतिशत सांसद करोडपति, सबैभन्दा धनी एमपीका मुख्यमन्त्रीका छोरा

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
parliament-india.JPG

काठमाडौं । लोकसभा चुनावको नतिजा आएको छ । भारतीय जनताहरुले प्रधानमन्त्रीमा फेरि एकपटक नरेन्द्र मोदीको नेतृत्वलाई मौका दिएका छन् । यस पटक जुन प्रतिनिधिहरुलाई जनताले चुनेर पठाएका छन्। उनीहरु मध्ये करोडपति सांसददेखि लिएर आपराधिक मुद्दामा परेका सांसदहरु धेरै रहेका छन् । लोकसभा चुनावमा जित्नेवाला सांसदहरुमा ४७५ सांसद करोडपति छन्। मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथका छोरा छिन्दवाडाबाट सांसद चुनिएका छन् । उनी यसपटकको लोकसभाका छोरा यस लोकसभाको सबैभन्दा धनी सांसदहरु हुन् । एसोसिएशन अफ डेमोक्र्याटिक रिफर्म संस्थाले रविवारले यो लिस्ट जारी गरेको हो।  

भाजपाका २६५ र शिवसेनाका सबै सांसद करोडपति 
एडीआरले यस वर्ष चुनिएका सबै ५३९ सांसदको ऐफिडेविटको समीक्षा पछि यो लिस्ट जारी गरेको छ । १७ औं लोकसभामा भाजपा ३०३ सांसद रहेका छन् र कांग्रेसका ५२१ एडीआरले बताएका छन् कि ५४२ सांसदहरुमा २ बीजेपीका र एक कांग्रेस सांसदको ऐफिडेविटको जानकारी मिल्न सकेन । बीजेपीका ३०१ सांसदहरु मध्ये २६५ (८८%) सांसद करोडपति रहेका छन् । एनडीएमा शामिल रहेका शिवसेनाको सबै विजेता १८ सांसद १ करोडबाट अधिक सम्पत्तिको मालिक छन्। कांग्रेसको ५१ सांसदको ऐफिडेविटले जानकारी तयार पारेको छ । जसमा ४३ सांसद करोडपति छन्। 

टीएमसीका ९१% डीएमके ९६% सांसद करोडपति 
बीजेपीका ३०३ सांसदहरु मध्य २६५ (८८ प्रतिशत) सांसद करोडपति छन् । एनडीएमा भाजपाका सहयोगी दल शिवसेनाको सबै १८ सांसदहरुको सम्पत्ति एक करोड भन्दा धेरै छ । कांग्रेसका ५१ सांसद मध्ये ४३ (९६ प्रतिशत) सांसद करोडपति रहेका छन् । यसैगरी डीएमकेका २३ मा मध्ये २२ (९६ प्रतिशत), तृणमूल कांग्रेसका २२ मध्ये २० सांसद र वाइएसआर कांग्रेसको २२ मध्ये १९ (८६ प्रतिशत) सांसद करोडपति छन् । एडीआरका अनुसार शीर्ष तीन करोडपति सांसद कांग्रेसको छ । यस मध्ये मध्य प्रदेशको चुनाव जितेका नकुलनाथ पहिले पाएको सम्पत्ति ६६० करोड रुपैयाँ घोषित गरेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ