arrow

७.५ म्याग्नीच्यूडको पेरु भूकम्पमा जनधनको क्षति

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
earthquake2.jpg

लिमा पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।

राष्ट्रिय आपतकालीन उद्धार केन्द्र (कोन) का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ । भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो ।

जियोफिजिक्स इन्स्टिच्यूट पेरु (आइजीपी) का अनुसार उत्तरी अल्टो अमेजोनास प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान २ बजेर ४१ मिनेटमा गएको थियो ।

निकै शक्तिशाली मानिएको उक्त भूकम्पबाट करिब १३० वटा घर, तीन वटा विद्यालय र छ वटा साना अस्पताल क्षतिग्रस्त भएका छन् । उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु इक्वेडर, कोलम्बिया, ब्राजिल र बोलिभियामा पनि अनुभव गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ