arrow

राजकुमार ह्यारीलाई होली खेल्दै रातै बनाइदिए लम्जुङेले

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Prince_Harry_Celebreating_Holi_Lamjung-Nepal.jpg.jpeg

लमजुङ। नेपालीहरुको रमाइलो चाड फागु पूर्णीमा (होली)को बेलामा नेपालमा भएका सबैलाई यसले छुने नै गर्छ। नेपालीहरुसँगै नेपालमा घुम्न आएका पर्यटकहरु पनि होलीमा रमाउने नै गर्छन। नेपाल भ्रमणमा रहेका वेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’पनि यो मौका गुमाउन किन पछि पर्थे र ?

लमजुङको दुर्गम गाउँ गौंडा गाविस–१, ओखारीका स्थानीय महिलाहरुले राजकुमार आफ्नो गाउँ आएको मौका पारेर 'हाइ लेभलको होली' खेल्न भ्याइ हाले। स्थानिय महिलाहरुले बेलायती राजकुमार ह्यारीलाई आफू नजिक तानेर गालामा रातै पारेर अविर दलिदिए। राजकुमारले पनि मख्ख पर्दै ति महिलाहरुलाई पनि अविर लगाएर रमाइलो गरे। हेलिकप्टरबाट पोखरामा झर्दा समेत ह्यारी लमजुङमा महिलाहरु र विद्यार्थीहरुले लगाइदिएको अविरले रङगिएकै अवस्थामा देखिएका थिए। उनी लमजुङको कार्यक्रम सकाएर पोखरा गएका थिए।

सोमबार लमजुङको गौडा गाविस वडा नम्वर १ ओखरेमा बास बस्न पुगेका ह्यारी संयोगले मंगलवार होलीको दिन पनि गौडामा नै थिए। गुरुङ समुदायको वाक्लो बस्ती रहेको लेउरानीमा रहेको मंगली तामाङको घरमा बास बसेका राजकुमार ह्यारी मंगलवार विहान त्यहाँबाट डेढ घण्टा हिडेर गोर्खा वलफेयर ट्रष्टले वनाइरहेको विद्यालयको अवलोकनका लागि गए। बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लमजुङको देउरालीबाट डेढ घन्टा पदयात्रा गरी ओखरे आइपुगेका थिए।

उनलाई प्रमुख जिल्ला अधिकारी ज्ञानमणि नेपालले स्वागत गरेका थिए। राजकुमार ह्यारीले वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको गौडा माविको अवलोकन गरेका थिए। अवलोकनका लागि आएका राजकुमारसँग मंगलवार गौडा माध्यमिक विद्यालयका स्कुले छात्रछात्राहरुले भलिवल खेले। आफूहरुको अध्ययनरत विद्यालय भुकम्पले भत्काइदिएपछि पढ्ने ठाउँ समेत गुमाएका विद्यार्थीहरुको अध्ययनका लागि गोर्खा वलफेयर ट्रष्टले १० कोठे विद्यालय निर्माण गराइरहेको छ।

आफूहरु पढ्ने विद्यालय बनाउन गोर्खा वलफेयर ट्रष्टलाई बेलायती सरकारको सहयोग छ। उनै बेलायती राजपरिवारको कान्छा राजकुमार ह्यारी आफ्नै विद्यालय आउने भएपछि विद्यार्थीहरु पनि दंग थिए।अनौपचारीक रुपमा खुल्न मन पराउने ह्यारीलाई भुकम्पले प्रभावित विद्यालयका विद्यार्थीहरुसँग केहि समय खेल्ने प्रवन्ध मिलाइएको थियो। उनले त्यहाँ विद्यार्थीहरुसँग भलिवल खेल भने एक आपसमा सद्भाव बाड्ने चाडको रुपमा रहेको होलीको अवसरमा विद्यार्थीहरुसँग उनले रङ लगाएर होली पनि खेले। 

ह्यारीसँग होली खेल्न पाउँदा विद्यार्थीहरु पनि दंग परेको स्थानिय पत्रकार दिपक अधिकारीले बताएका छन्। अग्लो शरीर मुहारमा रहेको खैरो दारीमा विद्यार्थीहरुले उनलाई रङ दलेर होली खेल्न रमाएका थिए। उनलाई विद्यार्थीहरुले रङ लगाउँदा उनी पनि रमाइलो मानिरहेका थिए। विद्यार्थीहरुसँग होली खेलेर ह्यारी त्यहाँबाट सिधै पोखरा गएका छन्। त्यहाँ उनले व्रिटीस गोर्खा सेनाको संग्रहालय अवलोकन लगायतका कार्यक्रममा सहभागि हुनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ