arrow

बिरामी छन् लालू : सास फेर्न गाह्रो भयो भन्दै डाक्टर बोलाउछन्, जाँचदा केहि छैन

निर्वाचनसँगै लालूको बिग्रियो स्वास्थ्य

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
lalus.jpg

काठमाडौं । भारतको लोकसभा निर्वाचन आएसँगै भारतीय नेता लालू प्रसाद यादव बिरामी परेका छन् । उनले २/३ दिनदेखि खाना पनि खाएका थिएनन् । निर्वाचनको नतिजा आएसँगै उनी चिन्तित देखिएका थिए ।

यसैबीच आइतबार उनले आफ्ना सुरक्षाकर्मीलाई बोलाउँदै तुरुन्त डक्टरलाई बोलाउन निर्देशन दिएका थिए । उनले आफूलाई सास फेर्न पनि गाह्रो भइरहेको बताएका थिए  ।  डक्टर पनि उनलाई अचानक बढेको समस्याबाट अचम्ममा परेका थिए ।

सूचना पाउने बित्तिकै लालूको उपचार गरिरहेका डक्टर उमेश प्रसाद युनिटका एसोसिएट प्रोफेसर डक्टर डीके झा लालूको अवस्था जाँच गर्न पुगे । उनको सबै स्वास्थ्य अवस्था सामान्य देखिएको थियो । तर, सुगर भने केही बढी देखिएको थियो ।

लालूका सुरक्षाकर्मीले करीब एक घण्टासम्म बिजुली काटिएकोमा लालूको कोठा बन्द रहेको बताए । उनले पूर्णरुपमा कोठाको बिजुली काटिएको कारण उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने बताए ।

बिजुलीको समस्याको कारण लालू प्रसादमा यो समस्या देखिएको हो । अस्पताल प्रशासनले बिजुलीको समस्या ठीक गर्ने आश्वासन दिएको छ । अझै पनि उनको उपचार तथा जाँचको काम चलिरहेको डक्टरले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ