arrow

संस्कृत भाषाप्रेमीहरुको आग्रह : 'मोदीले संस्कृत भाषामा शपथ लिउन्'

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
modi-anskrit1.png

काठमाडौं । नेपाल र भारतका संस्कृत भाषाप्रेमीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संस्कृत भाषामा शपथ ग्रहण गर्नको लागि आग्रह गरेका छन् । नेपाल र विशेषगरी भारतका समेत संस्कृत भाषालाई माया गर्नेहरुले एकीकृत भएर प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जालबाट यस्तो दबाब दिएका हुन् । स‌ंस्कृत भारती लगायतका विभिन्न संस्कृत भाषा सम्बन्धी काम गर्ने विभिन्न संस्थाले सामाजिक सञ्जालमा रणानीतिक रुपमा नै यसरी दबाब दिएका छन् । 

मोदीले आफ्नो सपथ ग्रहणमा विभिन्न देशका सरकारप्रमुखहरुलाई बोलाउने तयारी गरिरहेका छन् । यस्तो अवस्थामा उनले संस्कृत भाषाबाट सपथ ग्रहण गरेको खण्डमा संस्कृत भाषाको विकास र उत्थानको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । हिन्दू धर्म र संस्कृत भाषालाई समेत माया गर्ने प्रधानमन्त्री रहेको भन्दै सामाजिक सञ्जालमा मोदीलाई ईंकित गरेर विभिन्न किसिमका ट्रोलहरु समेत तयार पारिएको छ । कतिपयले त संस्कृतमा उनले गर्ने सपथ नै तयार पारेर उनलाई ईंकित गरेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

पहिलो कार्यकालमा सबै सार्क मुलुकका सरकार प्रमुखहरुलाई समेत बोलाएर सपथ ग्रहण गरेका मोदीले यस पटक पनि सार्क मुलुक सहित विमिस्टेक मुलुकका प्रमुख र रसियालाई सपथमा बोलाउने सम्भावना देखिएको हो । कूटनीतिक रुपमा नयाँ अभ्यास सुरु गर्दै ओलीले आफ्नो पहिलो कार्यकालमा सार्क मुलुकका सबै सरकार प्रमुखहरुलाई सपथग्रहणमा बोलाएका थिए । यसपल्ट उनले सार्क बाहेक पनि विमस्टेक र रसियालाई पनि बोलाउने बुझिएको छ । 

२३ मे मा सम्पन्न १७ औं लोकसभा चुनावमा भारी बहुमत सहित एनडिए गठबन्धनले सरकार बनाउने निश्चित भएसँगै प्रधानमन्त्री मोदीले बिहीबार अर्थात् ३० मे का दिन सपथग्रहण गर्दैछन् । भूराजनीतिक सम्बन्धमा बढी प्राथमिकता दिने मोदीले यस पटक सार्क मुलुकहरु सहित रसिया र विमिस्टेकका मुलुकहरुलाई समेत निमन्त्रण दिन लागेको बुझिएको हो ।

Image may contain: one or more people and text

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ