arrow

काष्ठकला हेर्नेको घुईचो

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
kasta-kala.jpg

बुटवल ।  रुपन्देहीको देवदहको गौतम बुद्ध राष्ट्रिय उद्यानमा संचालन भईरहेको देवदह राष्ट्रिय काष्ठकला कार्यशालाको अवलोकनकर्ताहरुको घुईचो लागेको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठान काठामाडौ र बुद्ध सामुदायिक वन उपभोत्ता समुह देवदहको संयुक्त आयोजनामा भएको कार्यशालामा निर्माणधिन मूर्ति हेर्नको लागि स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

देवदह नगरपालिका पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेकोले कार्यशालाले देवदहलाई पर्यटकीय नगरको विकास गर्न थप टेवा पुर्‍याउने आयोजकले अपेक्षा लिएको छ ।

बुद्ध सामुदायिक वन उपभोक्ता समुहले देवदहलाई पर्यटकीय नगरको विकास गर्ने गरी विगत ३ बर्ष देखि गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माण गरी अगाडि बढिरहेको छ ।

देशभरका १७ जना मूर्तिकारहरुको सहभागिता रहेको कार्यशालामा बुद्ध संग सम्वन्धीत मूतिहरु निर्माण भईरहेका छन् ।

कार्यशालाको तेश्रो दिन सम्म हजारौ मानिसले अवलोकन गरेको ड्रिम देवदह यूनिटी फर चेन्जका संयोजक सिद्धिचरण भट्टराईले बताए । देवदह भगवान गौतम बुद्धको मावली स्थल समेत रहेकोले देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गर्न कार्यशालाले महत्वपुर्ण निर्वाह गर्ने भट्टराईले बताए ।

विशेष गरेर तेश्रो दिन सार्वजनिक विदाको दिन परेकोले पनि कार्यशालाको अवलोकनकर्ताको घुईचो लागे मूलआयोजक समितिका संयोजक टेकबहादुर रानाले बताए ।

कार्यशालामा अवलोकन कर्ताहरुको घुईचो देखेर आफुहरु उत्साहित भएको अध्यक्ष रानाले बताए । कार्यशालाबाट निर्माण गरिएका मूर्तिहरु गौतम बुद्ध राष्ट्रिय उद्यानमा आन्तरिक तथा वाह्य पर्यटकहले हेर्न मिल्ने गरी राखिने अध्यक्ष रानाले बताए ।

देवदह राष्ट्रिय काष्ठकला कार्यशाला यही जेठ १६ गते सम्म संचालन हुने उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ