arrow

बारामा नेकपाको संघमाथि ट्रेड युनियन कांग्रेसको जीत

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
annapurna-vegetable-trade_union.jpg

बारा । अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्राईभेट लिमिटेडको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा बहुमतको नेकपाको मजदुर युनियन समग्र उद्योग ट्रेड युनियनमाथि नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघले विजय हासिल गरेको छ । 

सोमबार बारा जिल्लाको परवानिपुर गाउँपालिका वार्ड नम्बर ३ स्थित उक्त कारखानामा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपाको मजदुर युनियन समग्र उद्योग ट्रेड युनियनलाई ६२ मतका विरुद्ध ७७ मत प्राप्त गरी अध्यक्षमा रामबाबु जसवाल विजय भएको कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ