arrow

स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार, कम्तीमा तीन जनाको मृत्यु

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
killed-knief-japan.jpg

काठमाडौं । जापानको कावासाकी शहरमा एक व्यक्तिले स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा तीन जनाको ज्यान गएको छ । 

स्कुलको बस पर्खिरहेका विद्यार्थी माझ पुगेका ती व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

An aerial view shows rescue workers and police officers operate at the site where sixteen people were injured in a suspected stabbing by a man, in Kawasaki, 28 May 2019

मृत्यु हुनेमा एक स्कुले छात्रा र एक ३९ वर्षीय युवा रहेको जनाइएको छ । आक्रमणमा संलग्न करिब ५० वर्षका व्यक्ति पक्राउ परेका छन् । 

उनको साथबाट दुई वटा चक्कुसमेत बरामद भएको छ । पक्राउ पर्नुअघि आक्रमणकारीले आफ्नो पाखुरामा पनि चक्कु प्रहार गरेको बताइएको छ ।

स्थानीय समाचार एजेन्सी एनएचकेलाई प्रत्यक्षदर्शीले बताए अनुसार चक्कु लिएर उक्त मानिस विद्यार्थीमाझ पुगेको थियो । 

सन् २०११ मा एक विद्यालयमा प्रवेश गरी ओसाकामा आठ विद्यार्थीको ज्यान लिएको थियो । त्यस्तै सन् २०१६ मा पूर्व कामदारले मानसिक अपांगता भएको सेन्टरमा पुगेर १९ जनालाई चक्कुले हानेको थियो । 

जापान विश्वकै कम हिंसायुक्त मुलुकमा पर्दछ । तर पछिल्ला केही वर्षमा हाते हतियारको प्रयोग बढ्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ