arrow

बेलायती सैनिक पोसाकमा सजिएका ह्यारीले वीरगति प्राप्त गोर्खालाई श्रद्धान्जली दिए

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
rajkumar-hyari-pokhara.jpg.jpeg
पोखरा । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पोखराको लामाचौरस्थित गोर्खा ब्रिटिस क्याम्प पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।  
 
अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्बू, सचिन लिम्बू, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए । वीरगति प्राप्त गरेका गोर्खा सेनाको सम्झनामा दुई मिनेट मौनधारण समेत गरियो । 
 
बेलायती सैनिक पोसाकमा राजकुमार ह्यारी समारोहमा सहभागि भए । वीरगति प्राप्त गर्ने गोर्खा सैनिकको आत्माको चिर शान्तिको कामना गर्दै हिन्दू र बौद्ध परम्पराअनुसार शान्ति पाठ गरिएको थियो । सोही अवसरमा ह्यारीले अफगानिस्तान युद्धमा मारिएका गोर्खा सैनिकका आफन्तजन र परिवारजनसँग भलाकुसारी गर्दै समवेदना व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा नेपालका लागि बेलयाती राजदूत रिचर्ड मरिस र बेलायती गोर्खा सैनिक सहितको उपस्थिति थियो । राजकुमार ह्यारीले वरको वृक्ष रोपण पनि गरे । ह्यारी बेलायती गोर्खाको कार्यक्रममा सहभागी भई काठमाडौँ फर्कने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ