arrow

मोदीलाई प्रधानमन्त्री नमान्ने घोषणा गरेकी ममता बनर्जी शपथ ग्रहणमा सहभागी हुने

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
mamata.jpg

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी समेत सहभागी हुने भएकी छिन् । चुनावी मत परिणाम आउनु पूर्वसम्म मोदीलाई आफूले प्रधानमन्त्री नमानेको बताउँदै आएकी उनले मंगलबार ट्वीट गर्दै मोदीको शपथ ग्रहणमा सहभागी हुने बताएकी हुन् । 

चुनावको समयमा ममता र मोदीबीच चर्को मतभेद र जुहारी बाहिर आएको थियो । एकले अर्काको कमजोरी देखाएर विरोध गर्ने गर्दा एक कार्यक्रममा त ममताले २३ तारिक पछि नयाँ प्रधानमन्त्री आउने भन्दै मोदीलाई आफूले प्रधानमन्त्री नमानेको बताएकी थिइन् । 

शपथ ग्रहण समारोहमा शामेल हुने विषयमा ममताले भनेकी छिन् 'मैले अन्य मुख्यमान्त्रीहरुसँग पनि कुराकानी गरेको छु । किनकी यो एक औपचारिक कार्यक्रम हो, त्यसैले हामी यसमा भागलिने विषयमा सोचिरहेका छौं । म शपथ ग्रहणमा सहभागी हुन्छु ।' मोदीको सपथ ग्रहणमा विमिस्टेक राष्ट्रका राष्ट्र /सरकार प्रमुखहरु सहभागी हुँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ