arrow

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
gautam-buddha-international-airport.jpg

काठमाडौं ।

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।
हाल करिब ७४ प्रतिशत  निर्माण कार्य सम्पन्न भएको सो विमानस्थलका लागि मात्रै सरकारले रु तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त  बैठकमा बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै  सो विमानस्थललाई प्रमुख प्राथमकितामा राखिएको बताए । यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलाई रु आठ अर्ब बजेट विनियोजन गरिएको छ । धावनमार्ग निर्माण भइसकेको सो विमानस्थल सन् २०२० को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । अन्य केही विमानस्थललाई रात्रिकालिन उडान हुने गरी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । काठमाडौँ उपत्यका नजिकै अर्को आन्तरिक विमानस्थल निर्माण गरिनेछ  भने धरहरा बनाउन रु एक अर्ब विनियोजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ