arrow

सुरेन्द्र पाण्डे भन्छन्, 'बजेट धेरै छरियो, परिणाम आउनेमा चिन्ता छ'

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
surendra_pandye.JPG

काठमाडौं । नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट धेरै तिर छरिएको प्रतिक्रिया दिएका छन् । उनले स्रोत भित्रै रहेर बजेट आएको भएपनि बजेट धेरै आयोजनामा बजेट छरिएकोले त्यसमा परिणाम कम आउँछ कि भन्नेमा चिन्ता लागेको बताए ।  

बजेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता पाण्डेले भने 'स्रोतहरु धेरै आयोजनामा छरिएको छ । त्यसैले यसमा परिणाम कम आउँछ कि भन्ने चिन्ता मात्रै हो । यद्यपि पैसाको स्रोत भन्दा बाहिर भने बजेट आएको छैन ।'

देशको आवश्यकता अनुसार नेपालले १९ खर्बसम्मको बजेट ल्याउनुपर्ने भएपनि मूल्यबृद्धि नबढोस् भन्नको लागि सानो आकारको बजेट ल्याएको समेत उनले बताए । सांसद क्षेत्र विकास कोषको रकमको बारेमा बोल्दै उनले सांसदलाई दिएको रकममा मात्रै भ्रष्टाचार भयो भन्नु जायज नरहेको बताए । उनले भ्रष्टाचार ठूला ठूला परियोजनामा समेत भ्रष्टाचार भएको भन्दै यो प्रवृत्ति भन्दा पनि व्यक्तिको कमजोरी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ