arrow

युरोपा लिग चेल्सीलाई, नायक बनेका हजार्डले भने ‘गुडबाई’

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
chelsea26.jpg

काठमाडौं । युरोपा लिग फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनलमा अर्को इंगलिश क्बल आर्सनललाई ४–१ गोलको फराकिलो अन्तरका साथ पराजित गर्दै चेल्सीले उपाधि चुमेको हो ।  

Giroud broke the deadlock in the second half, stooping low and converting a header to give Chelsea the lead

अजरबैजानको बाकी स्टेडियममा भएको फाइनलमा चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले नायकको भूमिका खेले । हजार्डले दुई गोल गरे । 

Hazard scored twice to lead Chelsea to a stunning 4-1 win over Arsenal in Baku

यस्तै ओलिभर जिरु र पेड्रो रोड्रिग्वेजले एक एक गोल गरे । निराश प्रदर्शन गरेको आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए ।

Giroud's effort had too much pace on it for Petr Cech, who was unable to turn the ball away from the goal in time

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले ४ गोल गर्दै उपाधि चुमेको हो । 

Pedro swiftly doubled Chelsea's advantage, sweeping home after clever work out wide by Eden Hazard

योसंगै चेल्सीले युरोपा लिगको उपाधिमा ह्याट्रिक गरेको छ । यसअघि चेल्सीले सन् २०१२ र १३ को सिजन जितेको थियो ।

Pedro and Hazard led the Chelsea celebrations after leaving Arsenal reeling from two quick goals at the Olympic Stadium

हजार्डको अन्तिम खेल ?
हजार्डले सम्भवतः चेल्सीका लागि अन्तिम खेल खेलेका छन् । उनले ७ वर्ष चेल्सीमा बिताएका छन् । 

Hazard pictured with the Europa League trophy on a brilliant night for Chelsea in Baku

हजार्डले सिजनको अन्त्यसंगै क्लब छाड्दै छन् । हजार्ड स्पेनिश क्लब रियाल मड्रिड जाने सम्भावना रहेको छ ।

But Hazard then scored his second and Chelsea's fourth by rounding off a sweeping attack to make the game safe

अन्तिम खेलमा हजार्डले चेल्सी र उसका समर्थकको मन जितेर हजार्ड जाँदैछन् । उनले भनेका छन् ‘गुडबाई’ । 

तर अन्त्यमा उनले भनेका छन्, ‘फुटबल हो यसै भन्न सकिन्न । तर मलाई लाग्छ गुडबाई ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ