arrow

लमजुङमा होलीमा रमाएका ह्यारी

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
harry-holi3.jpg.jpeg
लमजुङ। नेपालीहरुको रमाइलो चाड फागु पूर्णीमा (होली)को बेलामा नेपालमा भएका सबैलाई यसले छुने नै गर्छ। नेपालीहरुसँगै नेपालमा घुम्न आएका पर्यटकहरु पनि होलीमा रमाउने नै गर्छन। नेपाल भ्रमणमा रहेका वेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’पनि यो मौका गुमाउन किन पछि पर्थे र ? लमजुङको दुर्गम गाउँ गौंडा गाविस–१, ओखारीका स्थानीय महिलाहरुले राजकुमार आफ्नो गाउँ आएको मौका पारेर 'हाइ लेभलको होली' खेल्न भ्याइ हाले।
 
 
स्थानिय महिलाहरुले बेलायती राजकुमार ह्यारीलाई आफू नजिक तानेर गालामा रातै पारेर अविर दलिदिए। राजकुमारले पनि मख्ख पर्दै ति महिलाहरुलाई पनि अविर लगाएर रमाइलो गरे। सोमबार उनीसँगै नाचेका यूवतीहरुले पनि ह्यारीसँग होली खेले। उनीसँगै आएका गोर्खा सैनिकले पनि ह्यारी र यूवतीहरुसँग होली खेले। 
 
 
ह्यारीसँग होली खेल्न पाउँदा विद्यार्थीहरु पनि दंग परेको स्थानिय पत्रकार दिपक अधिकारीले बताएका छन्। अग्लो शरीर मुहारमा रहेको खैरो दारीमा विद्यार्थीहरुले उनलाई रङ दलेर होली खेल्दा रमाएका थिए। उनलाई विद्यार्थीहरुले रङ लगाउँदा उनी पनि रमाइलो मानिरहेका थिए। हेलिकप्टरबाट पोखरामा झर्दा समेत ह्यारी लमजुङमा महिलाहरु र विद्यार्थीहरुले लगाइदिएको अविरले रङगिएकै अवस्थामा देखिएका थिए। उनी लमजुङको कार्यक्रम सकाएर पोखरा गएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ