arrow

भारतको संसद् बारे रोचक तथ्य, जहाँ २० रुपैयाँमा पाइन्छ खाना

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
india-parli.jpg

काठमाडौं । भारतमा हालसालै लोकसभा निर्वाचन सम्पन्न भएको छ । जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ । यो जितसँगै भाजपाले आफ्नो ४० वर्ष पुरानो रेकर्ड पनि तोडेको छ ।

योपटक भारतको संसदको १७ औं लोकसभा हुनेछ । भारतको संसद भवनको केही कुरा यहाँ उल्लेख गरिएको छ –

भारतको सबैभन्दा ठूलो भवनको इतिहास करीब ९ दशकभन्दा पनि पुरानो छ । यसको संरचना गोलाकार छ । यसको निर्माण बेलायती वास्तुविद सर एडविन लुटियन्सले गरेका थिए ।

यो भवन निर्माण समग्र खर्च ८३ लाख भारु अर्थात् करीब १ करोड ३२ लाख रुपैयाँबराबर लागेको थियो । संसद भवनको शिलान्यास सन् १९२१ फेब्रुअरी १२ मा गरिएको थियो । साथै यसको निर्माणको लागि ६ वर्षको समय लागेको थियो ।

साथै संसद्को क्यान्टिनमा खाना केवल १२ भारु अर्थात् करीब २० रुपैयाँमा उपलब्ध छ । संसद्को लाइब्रेरी भारतको दोस्रो सबैभन्दा ठूलो लाइब्रेरी हो । यो लाइब्रेरीमा भारतको संविधानको हिन्दी र अंग्रेजीमा हातले लेखिएको प्रतिलिपी नाइट्रोजन ग्यासले भरिएको च्याम्बरमा सुरक्षित राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ