arrow

नवीन्द्रराज जोशीले लिए लोपोन्मुख कुसुण्डा बालिकाको उच्चशिक्षाको जिम्मेवारी 

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
joshi1.jpg

तनहुँ । अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले उच्च शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएका छन् । 

उनले परिवारलाई आर्थिक सहयोगसमेत गरेका छन् । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गरेका हुन् । 

उक्त रकम नेता जोशीले बिहीबार घरमै पुगेर आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि केही सहयोग गरेको बताए । 

उनले उनको उच्च शिक्षा अध्ययनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । “एसइईसम्म पढाउनका लागि सम्पूर्ण व्यवस्था भइसकेको रहेछ, उच्च शिक्षाको पढाइका लागि सम्पूर्ण जिम्मेवारी मैले लिन्छु’, उनले भने । 

सोही वडाको शतिश बोर्डिङ स्कूलमा ४ कक्षामा अध्ययनरत सीमान्तको स्वास्थ्य र पढाइका लागि आमाको चिन्तापछि जोशीले स्नातकोत्तरसम्म पढाउने जिम्मेवारी लिए ।

सीमान्तको एसइईसम्मको पढाइ खर्च वडा नं १० ले लिने प्रतिबद्धता यसअघि नै वडाध्यक्ष तुलसीराम सापकोटाले जनाएका थिए । जोशीको इच्छा सम्पूर्ण शिक्षा गराउने भए पनि वडाले सोको जिम्मेवारी लिइसकेका कारण उनले उच्च शिक्षाको जिम्मेवारी लिएका हुन् । 

त्यस्तै सम्बन्धित बोर्डिङलेसमेत सीमान्तको मासिक शुल्कमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । जोशीले सिमान्त कुसुण्डालाई छुट्ने बेला ‘तिम्लाई भेट्न आइरहन्छु राम्रोसँग पढ साथै आफ्नो स्वास्थ्यको हेरचाह गर’ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ